सेञ्चुरी बैंकको पथरी र इनरुवा मा २ नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ दुई शाखा विस्तार गरेको छ । बैंकले आज जेठ १७ गते मोरङ जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवती रोडमा इनरुवामा थप दुई नयाँ शाखाबाट सेवा प्रारम्भ गरेको हो ।

पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी इनरुवा शाखा शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापो र बैंक सञ्चालक समिति सदस्य अभिषेक बज्राचार्यले समुद्घाटन गरी सेवा शुभारम्भ भएको हो ।

उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत, अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष आशा राई, पथरी शनिश्चरे वडा नं १ को वडा अध्यक्ष भिम कुमार राई, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरको राजेन्द्र कुमार पौडेल लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बज्राचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीज्यूले संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको छ । उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिकाको उपमेयर विनिता मेहता, इनरुवा नगरपालिकाको निवर्तमान मेयर गोपाल कोईराला, इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटलज्य, बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ । बैंकले सो अवधिमा १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । थप दुई शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स