निक्षेप र कर्जा दुवै बढाउँदै वाणिज्य बैंकहरू

काठमाडौं । जेठ दोस्रो साता जेठ ६ गतेदेखि १३ गतेसम्म वाणिज्य बैंकहरूको ६ अर्ब रुपैयाँले निक्षेप संकलन गरेका छन् भने ४ अर्ब कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन एक सातामै ६ अर्ब रुपैयाँले बढेर कूल ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । जेठ पहिलो साता बैंकहरूको निक्षेप ७ अर्ब रुपैयाँले बढेको थियो । जेठ ६ गतेसम्म ४३ खर्ब ७७ अर्ब रुपैयाँ थियो ।

वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको हो । गत जेठको पहिलो सातामा कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले दोस्रो सातामा ४१ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् । जेठ पहिलो साता बैंकहरूले ३ अर्ब कर्जा लगानी गरेका थिए ।

बैंकहरुको सीडी रेसियो भने गत साताको तुलनामा घटेको छ । गत साता ९०.६० प्रतिशत रहेको बैंकहरुको सीडी रेसियो यो साता घटेर ९०.४१ प्रतिशतमा सीमित भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स