एभरेष्ट बैंकले साढे प्रतिशत व्याजमा २० करोड मूल्य बराबरको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५’ निष्काशन गर्ने भएको छ । बैंकले जेठ २ गते नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै आवेदन दिएको हो ।

त्यस अनुसार बैंकले प्रति इकाई १००० रुपैयाँका दरले २० करोड रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र निष्काशन गर्नेछ ।

त्यसमध्ये ८ लाख इकाइ सर्वसाधारणको लागि निष्काशन हुनेछ भने १२ लाख इकाइ व्यक्तिगत रूपमा वितरण हुनेछ । बैंकले निष्काशन गर्ने ६ वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले १०.५ प्रतिशत व्याज पाउनेछ ।

बैंकको ऋणपत्र निष्काशन लक्ष्मी क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स