एक व्यक्ति वा संस्थाले बढीमा १२ करोडसम्म सेयर धितो कर्जा लिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा थप कडाइ गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीलाई सेयर धितो कर्जा बढीमा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यस्तो कर्जाको अवधि बढीमा १ वर्षभित्रमा घटाउनका लागि समय दिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि जारी गर्न लागिएको नयाँ सर्कुलरमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले एउटा संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र समग्रमा १२ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था मौद्रिक नीतिमार्फत् गरेको थियो ।

उक्त नीति कार्यान्वयनका लागि तयार पारिएको नयाँ सर्कुलरमा थप संकुचित गर्दैै सेयर धितो राखेर लिइने कर्जाको अवधि बढीमा १ वर्षभित्रमा घटाइ सक्नुपर्ने व्यवस्था राष्ट्र गरेको हो ।

‘यो निर्देशन जारी हुनु पूर्व कुनै ऋणीले सीमाभन्दा बढी कर्जा प्रवाह गरेको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगेर कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्नु पर्नेछ,’ उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स