काठमाडौं । राष्ट्र बैंकले कोभिड–१९ को कारण मर्कामा परेका व्यवसायीलाई राहत प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले कोभिडको मारमा परेका व्यवसायीलाई राहत दिएको हो ।
‘कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञालाई मध्यनजर गरी ऋणीहरुले २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने इएमआई/इक्यूआई वा अन्य साँवा ब्याज निषेधाज्ञाको कारणले भुक्तानी गर्न नसकेको अवस्थामा ऋणीको वित्तीय स्थिति मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्नेछन्,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।