अस्पताल नभएका स्थानीयतहमा १०० बेडसम्मको अस्पताल बनाउन आधारदरको २ प्रतिशत विन्दुसम्म २० करोड कर्जा पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अस्पताल नभएका स्थानीयतहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न आधारदरमा अधिकतम २ प्रतिशत विन्दु सम्म प्रिमियम थप गरी २० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा यस्तो व्यवस्था छ ।

‘अस्पताल नभएका स्थानीयतहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाहरुले आधारदरमा अधिकतम २ प्रतिशत विन्दु सम्म प्रिमियम थप गरी २० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्नेछन्,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स