पुँजी बजारप्रति मौद्रिक नीतिको समीक्षा मौन

काठमाडौं । हिजो शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रकाशित गरेको छ । धेरै विषय वस्तु यथावत राखेपनि पुँजी बजारको सवालमा धितोपत्र बोर्डले ल्याउनु पर्ने तथ्यांक र धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा समेटिने खालका विषय वस्तुहरू समेटिनुले पनि कहिलेदेखि बोर्डको अधिकार राष्ट्र बैंक पुगेछ भन्ने झल्को दिलाएको छ । पुँजी बजार प्रति प्रच्येक त्रैमासिक समीक्षाहरूमा एक पछि अर्को नकारात्मक प्रहार गर्दै आइरहेको राष्ट्र बैंक यस पटक भने थाकेर होला मौन बसेको छ ।

पुँजी बजारका विषयमा नराम्रो नआउनु भनेकै अहिलेको परिस्थितिमा राम्रो हो भन्ने अनुभवी लगानीकर्ताहरूको बुझाइ रहेको छ । लगातार ३ महिनादेखि ब्याजदर बढ्न छाडेर स्थिर रहनु, राष्ट्र बैंकले पुँजी बजारलाई प्रहार गर्न छाड्नु यसलाई सकारात्मक रुपमा लिन सकिन्छ ।

हालै भएको चुनावी खर्च र असार मसान्तसम्म हुने पुँजीगत खर्चले तरलता सहज गरी ब्याजदर घट्न सक्ने सम्भावना प्रवल रहेको हुँदा पनि हाल २१९० विन्दुबाट अगाडि बढेको नेप्से परिसूचक त्यहि २१९० लाईनै बटम लाइन हो भन्न सक्ने धेरै आधारहरू छन् ।

जेठ १० गते सरकारको नीति तथा कार्यक्रममा समेटिएको विषय वस्तु र बजेट भाषणमा आउने नीतिगत सुधारले पनि पुँजी बजारलाई माथि नै जान मद्दत गर्ने देखिन्छ । अव आउने मौद्रिक नीतिमा राष्ट्र बैंकका भगर्नर पनि केहि लचिलो बन्नै पर्ने परिस्थिति सिर्जना भएको छ ।

हालै राष्ट्र बैंकको बोर्ड सञ्चालकमा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नियुक्त भएको छ । जसले गर्दा बुझेका व्यक्ति गएपछि गभर्नर अधिकारीको व्यक्तिगत मनोमानी नचल्ने कुरा प्रष्ट भएको छ । फरक राजनीतिक धारबाट नियुक्त भएका शिवाकोटी पुँजी बजारका जानकार र विज्ञ पनि हुन् ।

जसले गर्दा पुँजी बजारमा आउने मौद्रिक नीति तथा कार्यक्रम परिपक्क र व्यवहारिक हुनेछ । यस कारण पनि आगामी मौद्रिक नीति पुँजी बजार मैत्री हुनेछ भन्ने धेरै आश गर्न सकिन्छ भने उनी नियुक्त भएपछि आएको त्रैमासिक समीक्षामा नराम्रो कुरा नसमेटिनु पुँजी बजारका लागि शुभ संकेत हो भन्ने बुझ्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स