सिटिजन्स बैंक र सुर्खेत स्थित बज रेस्टुरेन्टबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सुर्खेत स्थित बज रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंक र रेस्टुरेन्टबीच बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारी पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले बज रेस्टुरेन्टका सेवा सुविधाहरुमा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

यस्तै मोबाइल बैकिङ मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स