नेप्सेमा उपकार लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उपकार लघुवित्तको सेयर सूचीकृत भएको छ ।

बिहीबार कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको ६ लाख ५६ हजार २५० कित्ता साधारण सेयर सूचीकृत भएको हो । कम्पनीको आइपीओ ‘युएलबिएसएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ४०३.९१ रुपैयाँ देखि १२११.७३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। बुधबारको स्पेसल प्रि ओपन सेसनमा मूल्य तय भएमा नेप्सेमा नियमित रुपमा कम्पनीको सेयर कारोबार हुनेछ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ४०३ रुपैयाँ ९१ पैसा रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

सेयर सूचीकृत भएसँगै शुक्रबारबाट कम्पनीको सेयर खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स