सेन्चुरी बैंकको १० वर्षे ऋणपत्र बाँडफाँट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । १० वर्ष अवधिको लागि निष्काशन गरिएको ऋणपत्रमा बाँडफाँट गरिएको हो । वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँट भएको हो ।

बैंकले २० करोड रुपैयाँ बराबरको प्रति डिबेञ्चर १ हजार रुपैयाँ दरको २२ लाख कित्ताले हुन आउने २ अर्ब २० करोड बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता परिपत्र विधिबाट बिक्री गरिने र ४० प्रतिशत अर्थात ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता (जसमध्ये १० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरि सकिएको) ऋणपत्र सर्वसाधारणका लागि वैशाख २१ देखि जेठ ४ गतेसम्म निष्काशत तथा बिक्री खुल्ला गरेकोमा रितपुर्वक आवेदन दिनेलाई वितरण गरिएको हो ।

बैंकले जेठ १० गतेसम्म रितपूर्वक आवेदन दिएकाहरूलाई ऋणपत्र बाँडफाँट गरेको हो । कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स