माइक्रोफाइनान्सको नयाँ लाइसेन्स नखुल्ने भयो

काठमाडौं । तत्काललै ७५३ वटै स्थानीय तहबाट कारोबार हुने गरी माइक्रोफाइनान्सको लाइसेन्स वितरण गर्ने भन्दै अर्थ मन्त्रालय त्यो लविङमा भन्ने समाचार बाहिरिएको थियो ।

तर, यथार्थमा त्यो वस्तु स्थिति नभएको बुझिन आएको छ । अर्थ मन्त्रालयसँग सम्बन्धित स्रोत अनुसार राष्ट्र बैंकलाई कुनै पनि माइक्रोफाइनान्सलाई स्वीकृति प्रदान गर्न र नयाँ लाइसेन्स खुलाउनको लागि निर्देशन नदिएको स्रोतको भनाइ छ ।

यसले गर्दा केहि दिन अगाडि धेरै माइक्रोफाइनान्सहरू लाइसेन्स लिन तत्पर रहेको र लाइसेन्स खुलाउने भन्ने समाचार यथार्थ नभएको ठहरिएको छ ।

राष्ट्र बैंकका अनुसार अहिले भइरहेका माइक्रोफाइनान्सहरू नियमत गर्नको लागि संख्यात्मक रुपमा धेरै भएकोले स्वच्छिक मर्जरका लागि प्रोत्साहन गरिएको र केहि माइक्रोफाइनान्सहरू मर्जर प्रक्रियामा सामेल भइरहेको सम्बन्धित स्रोतको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स