आदर्श लघुवित्त र राप्ति हाइड्रोले पाए आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था र राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले जेठ १० गते मंगलबार यी २ कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

जसअनुसार, आदर्श लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित ६७ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने छ । कम्पनीको सेयर निष्काशनको लागि बि.ओ.के. क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ।

त्यस्तै, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा गरेको छ ।

कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स