काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा .शंकरप्रसाद आचार्य र पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । गएको मन्त्रिपरिषद्को बैैठकले आचार्य र शिवाकोटीलाई सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले बाह्रखरीलाई जानकारी दिए ।
शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् ।
राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो ।