काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । बैंकको अस्ति शनिबार बसेको विशेष साधारणसभाले नेपाल बंगलादेश बैंकका पूर्व सीईओ ढुंगानालाई नियुक्त गरेको हो । नेपाल बंगलादेश बैंक नबिलमा गाभिएपछि उनी नबिलको प्रमुख कार्यकारी अधिकृत बन्ने छन् । ढुंगानालाई नबिल बैंकको सीईओमा नियुक्त गर्ने विषयमा नबिल बोर्ड बैठकले भने पास गरिसकेको छैन ।
नबिल र बंगलादेश बैंक गाभ्न महत्वपूर्ण भूमिका खेलेका ढुंगानाले नबिल बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको कार्यकाल सकिएपछि ढुंगानाले सीईओको कार्यभार सम्हाल्ने छन् । हालका सीईओ शाहको यहि जुन २० ताकिर अर्थात असार ६ गते कार्यकाल सकिदैछ । ढुंगानको कार्यकाल ४ वर्षको हुनेछ ।
Congratulations sir