सेयर कारोबारबाट वाणिज्य बैंकहरुको आम्दानी साढे १२ अर्ब, हिमालय बैंक पहिलो स्थानमा

काठमाडौं । गत आर्थिक वर्ष (आव)मा अधिकांश वाणिज्य बैंकहरुले सेयर कारोबारबाट मनग्य आम्दानी गरेका छन् । २७ वाणिज्य बैंकमध्ये ३ वटाको मात्रै सेयर आम्दानी घटेको छ भने बाँकी सबै बैंकले कारोबार बढाएका छन् ।

बैंकहरुले सेयर कारोबारबाट १२ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेका छन् । बैंकहरुले आर्थिक वर्ष (आव) २०७७/७८ सेयर कारोबारबाट १२ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ कमाएका हुन् । आव २०७६/७७ मा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड ६५ लाख रुपैयाँ कमाएका थिए । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले सेयरबाट ४ अर्ब १ करोड रुपैयाँ बढी अम्दानी गरेका हुन् ।

गत आर्थिक वर्ष सेयर कारोबारबाट सबैभन्दा धेरै हिमालयन बैंकले कमाएको छ । बैंकले गत आर्थिक वर्ष २ अर्ब २२ करोड ७६ लाख कमाएको छ । अघिल्लो आवमा बैंकले जम्मा १४ करोड ५४ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुनलनामा गत वर्ष बैंकले २ अर्ब ८ करोड २२ लाख रुपैयाँ बढीले सेयर कारोबारबाट आम्दानी गरेको छ ।

दोस्रो स्थानमा नबिल बैंक रहेको छ । बैंकले गत आव १ अर्ब ४८ करोड ५४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवमा ४३ करोड ४ लाख रुपैयाँ कमाएको थियो । बैंकले गत आव १ अर्ब ५ करोड ५० लाख रुपैयाँ बढीले कमाएको छ ।
सिद्धार्थ बैंकले गत आव १ अर्ब ४ करोड रुपैयाँ कमाएको छ । अघिल्लो आवमा यस्तो कमाई १६ करोड १५ लाख रुपैयाँ थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा १ अर्ब २ करोड रुपैयाँ कमाएको छ । अघिल्लो आवमा बैंकले २३ करोड रुपैयाँ कमाएको थियो ।

ग्लोबल आईएमई बैंकले ६१ करोड ६८ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवमा बैंकले सेयरबाट १९ करोड ६८ लाख रुपैयाँ थियो ।

राष्ट्रिय वाणिज्य बैंकले सेयर कारोबारबाट गत आव ५४ करोड २४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवमा ५४ करोड १२ लाख रुपैयाँ कमाएको थियो ।

एनआईसी एसिया बैंक, सानिमा बैंक र नेपाल एसबीआई बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष सेयर आम्दानी घटाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स