मर्जर भाँडिएका हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरका लागि पार्टनर खोज्न सिभिल, सेन्चुरी, कुमारीसँग लविङमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाडिएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट दुवै बैंक मर्जरका लागि पार्टन खोज्न सिभिल, कुमारी, बैंक अफ काठमाडौं, सेन्चुरीलगायतका बैंक पुगेका छन् ।

दुई बैंकको मर्जर तोडिएपछि मर्जरका लागि नयाँ कमर्शियल बैंक खोजिरहेको छन् । १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने गरी नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले २०७८ वैशाख ३० गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर (एमओयू) गरेका थिए । एमओयू भएको केही समयमै जेठ १९ मा नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति पनि दिएको थियो ।

तर, बैंकको पुस मसान्तमा सम्पन्न साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव अस्वीकृत गर्याे । त्यसपछि दुई बैंकबीचको मर्जरमा जाने प्रक्रिया पूर्णविराम लाग्यो ।

त्यसपछि दुबै बैंक केहि महिना चुपचाप बसे । र पनि आफूभन्दा कमजोर बैंकलाई मर्जरमा ल्याउन बैंकले कुरा अघि बढाइरहेको छ । बैंकका संस्थापक सेयरधनी मनोजवहादुर केहि बैंकसँग मर्जरका लागि कुरा भएपनि अहिले नै ठोष निर्णयमा भने नपुगेकोे हाम्रोअर्थलाई बताए । ‘राष्ट्र बैंकबाट पत्र आएको छैन, पत्र आएपछि हामी मर्जरका लागि नयाँ बैंकसँग तत्काल कुरा अगाडि बढाउँछौं ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंक एकअर्कामासँग मर्जर जाने सहमति गर्नु अगााडि पनि बैंकहरूले यी बैंकसँग मर्जरका विषयमा छलफल गरेका थिए । त्यति बेला र अहिलेको कुरामा ठूलो अन्तर आएको छ । त्यति बेला १००ः४० स्वाप रेसियो मागेका बैंकले पनि अहिले १००ः६० सम्म माग्न थालेका छन् । कुनै बैंकले १००ः८० सेयर स्वाप रेसियो गर्न चाहेका छन् भने कसैले १००ः ९० स्वाप रेसियो चाहेका छन् ।

त्यसैले मर्जर भाडिएका दुबै बैंकलाई मर्जरका लागि पार्टनर खोज्न सहज भएको छैन । बैंकका बहुसंख्यक सञ्चालकहरू आफूभन्दा कमजोर बैंकलाई बैंकमा मर्जर गराउन चाहिरहेका छन् भने ृकेहि सञ्चालकले मर्जर तोडिएको नेपाल इन्भेष्टमेन्ट बैंकसँग नै सेयर स्वाप रेसियो मिलाएर जान सकिने बताइ रहेका छन् ।

यता नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जर भाडिएपछि केहि समय चुप लागेर बसेपनि अहिले भने पार्टनर खोज्न थालेको छ । बैंक आफू सुहाँउदो पार्टनर खोजेर मर्जरमा जान तथा मर्जर गर्न तयार रहेको छ ।

बजारमा सशक्त देखिएका बैंकहरू आफूभन्दा कमजोर बैंक खोजेर मर्जर गर्न लागि परेका छन् । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर तोडिएपछि मर्जरमा जान सहमत भएका नबिल बैंकका सेयर धनीले नेपाल बंगलादेश बैंकलाई नबिलमा गाभ्न सहमति दिइसकेका छन् भने नेपाल बंगलादेशका सेयरधनीले पनि नबिल बैंकमा विलयन हुन स्वीकृति दिएका छन् ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर तोडिएपनि नबिल र बंगलादेश बैंकको नयाँ सिनारियोले राष्ट्र बैंकलाई समेत केहि राहत मिलेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स