ब्याजदर बढाउने उद्घोष गर्नुको कारण यसरी खुलाए गभर्नर अधिकारीले

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले ब्याजदर नघट्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय नामक अन्तरक्रिया कार्यक्रममा उनले अझै पनि उपभोग्य सामानको आयात नघटेकोले ब्याजदर नघट्ने स्पष्ट पारेका हुन् । उनले आयातित वस्तुको उपभोग घटोस् भन्ने उद्देश्यका साथ ब्याजदर बढाएको बताए ।

‘वस्तुहरूको आयात अत्यधिक भएर अर्थतन्त्रमा नै यसको चाप परेपछि राष्ट्र बैंकले उपभोग घटाउन ब्याजदर बढाउने नीति लिइएको हो,’ उनले भने ‘मूल्य बढ्दा समेत उपभोग घटेको छैन । राष्ट्र बैंकले बैंकको ब्याजदर बढाउने, एलसी खोल्दा नगद मार्जिन राख्ने र केही वस्तु आयातमा एलसी नखोल्ने नीति राष्ट्रिय हितका लागि लिएको जिकिर गरे । यसैको फलस्वरुप चैतको तुलनामा बैशाख महिनामा २० अर्बले आयात भने घटेको छ ।

‘नेपालमा मूल्य बढ्दा समेत उपभोग घट्न सकेको छैन्, ’ गभर्नर अधिकारीले भने, ‘जतिसुकै मूल्य परेपनि हाम्रा उपभोक्ता किन्न तयार भएका छौँ । जसले गर्दा ब्याजदर बढ्दा समेत उपभोग घट्न सकेको छैन् ।’ ‘अहिले पनि अर्थतन्त्रको अवस्था सकारात्मक छैन । एकै वर्षमा २÷३ अर्ब डलरको रिजर्भ घट्नु गम्भीर विषय हो,’ उनले भने ‘सधैँ हामीले यो समस्या झेल्न सक्दैनौँ ।’ अहिले नाफा कमाउनेभन्दा पनि अर्थतन्त्र जोगाउने समय भएकोले सर्तक र सजक भएर काम गर्नुपर्ने अवस्था रहेको बताए ।

‘राष्ट्र बैंकले ब्याजदर बढाउनुको कारण निक्षेप आकर्षित गर्न नभएको पनि उनले बताए । राष्ट्र बेंकले चालु आवको मौद्रिक नीतिको अर्द्धसमीक्षा गर्दै पोलिसी ब्याजदर २ प्रतिशतले बढाएर ७ प्रतिशत पु¥याएको थियो । त्यसयता वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर ११ प्रतिशतभन्दा माथि पुगेको छ भने कर्जाको ब्याजदर १५ प्रतिशत नाघेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स