नेप्सेमा ३० लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ।

शुक्रबार बैंकको १५० प्रतिशतले हुन आउने ३० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १०० कित्ता बराबर डेढ सय कित्ताका दरले ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स