९ लाख जरिवाना भई बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-४ घर भएका ३७ वर्षका प्रकाश रेग्मी रहेका छन् ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७९ जेठ ३ प्रकाश रेग्मीलाई १ दिन कैद र ९ लाख जरिवाना हुने फैसला गरेको थियो ।

उनले २०७६ कार्तिकमा दिएको मुक्तिनाथ विकास बैंकको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीले बिहिबार उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स