काठमाडौं । युक्रेन र रसियाको युद्धले अझ माथि उक्लन थालेको अमेरिकी डलरको मूल्य नयाँ रेकर्ड आज बिहीबार नयाँ रेकर्ड कायम भएको छ । डलरको मूल्य अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ४४ पैसा पुगेको छ । बुधबार १२४ रुपैयाँ ४१ पैसा पुगेर नयाँ रेकर्ड बनाएको अमेरिकी डलर बिहीबार पुनः बढेर अर्को नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दरमा छ । विश्व बजारमा केही घटना तथा परिघट्नाले अमेरिकी डलरलाई बलियो बनाउँदै जाँदा भारतीय रुपैयाँ कमजोर बन्दै जान्छ र त्यसको असर नेपाली रुपैयाँमा देखिन्छ । बढ्दो महँगी र कोभिड महामारीका कारण विश्व अर्थतन्त्रमा परेका असरका कारण डलरको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ । बढ्दो डलर मूल्यका कारण नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो ।
डलरको भाउ बढ्दा कहाँ हुन्छ फाइदा, कहाँ हुन्छ बेफाइदा
डलरको मूल्य बढ्दा हामीजस्तो आयात भरमा बस्नु पर्ने देशलाई फाइदा भन्दा बढी बेफाइदा हुन्छ । निर्यातजन्य वस्तु, रेमिट्यान्स, पर्यटन क्षेत्रलाई फाइदा भएपनि आयात हुने वस्तुको भाउ बढ्ने छ । डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्दै जाने छ ।