राष्ट्र बैंकले मर्जर सहमति दिइसकेको नबिल र नेपाल बंगलादेश बैंकको सुनवाइ सर्यो, अव के हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति दिइसकेको नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर रोक्न परेको रिटको आज सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतकोे संयुक्त इजलासले यी दुई बैंकका बीच मर्जर रोक्न परेको रिटको आज मंगलबार सुनुवाइको मिति तय गरेको थियो ।

मंगलबार कायम मुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलास तोकिए पपिन वहस गर्ने वकिल उपस्थित हुन नसक्दा आज हुने तय भएको सुनुवाइ बुधबारलाई सारिएको हो ।

यसअघिको एकल इजलासले मर्जर यथास्थितिमा आदेश दिएको थियो । सर्वोच्चमा परेको रिटमा दुवै पक्षको कुरा सुन्नका लागि मंगलबारका लागि संयुक्त इजलास पनि आज सुनुवाइ हुन सकेन । यदि भोलि बस्ने संयुक्त इजलासले अन्तरिम आदेश दिएमा तत्कालका लागि यी दुई बैंकबीच हुने छैन भने नदिएमा मर्जर प्रकृया अगाडि बढ्ने छ ।

यी दुई बैंकको मर्जर प्रक्रियालाई लिएर लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थिए । कम्पनीले हालेको रिटमा एकल इजलासले मंगलबारसम्मका लागि मर्जर प्रकृया रोक्न आदेश दिएको थियो।

अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा डाकी सकेका थिए । नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् । अदालतको आदेशपछि अहिलेलाई मर्जर प्रकृया अगाडि बढ्न सकेको छैन ।

एनबी बैंकमा बंगलादेशी साझेदार आईएफआईसी बैंक ढाकाको ४०.८९ प्रतिशत सेयर छ । यो सेयर उद्योगी विनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी पनि भइसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स