इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार शुरु, यस्तो छ स्वाप रेसियो

काठमाडौं । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्त प्राप्ति पश्चात एकीकृत कारोबार शुरु गरेको छ । यी दुई लघुवित्तको आइतबारबाट एकीकृत कारोबार शुरु भएको हो ।

इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक बलराम विष्ट र साविक नेपाल एग्रो लघुवित्तका अध्यक्ष रमेशकुमार कर्मचार्यले संयुक्त रुपमा भर्चुअल माध्यमबाट एकिकृत कारोबारको शुरुवात गरेका हुन् ।

संचालक विष्टले यस प्राप्ति पश्चात इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सवल तथा सक्षम वित्तीय संस्थाको रुपमा अघि बढ्ने बताए ।

एकीकृत कारोबार पश्चात संस्थाको पुँजी ३२ करोड ४६ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप १ अर्व १५ करोड, कर्जा ४ अर्ब १४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । संस्थाले ८५ शाखाबाट ३९ जिल्लामा सेवा दिइरहेको छ ।

नेपाल राष्ट्र बैंकले मर्जरको लागि साउन १५ गते अन्तिम स्वीकृति दिएको थियो । भने, कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति दिएको थियो । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको १०० कित्ता सेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ९८ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात स्वाप रेसियो कायम भएको छ ।

राष्ट्र बैंकले जेठ ११ गते गाभ्न गाभिनको लागि सैदान्तिक स्वीकृति प्रदान गरेको थियो । इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्नको लागि गत माघ २ मा सम्झौता गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स