बिना धितो मै दिए बैंकहरूले २ अर्ब ३८ करोड ऋण

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म वाणिज्य बैंकहरूले २ अर्ब ३८ करोड ३४ लाख कर्जा बिना धितो मै ऋणहरूलाई उपलब्ध गराएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर अनुदान कार्यविधिको परिधिभित्र रहेर विभिन्न शीर्षकमा धितो विना नै ऋणीलाई कर्जा उपलब्ध गराएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको चैतमसान्तसम्म सहुलियतपूर्ण कार्यविधिमा उल्लेख भएका विभिन्न १० शीर्षकमा २ खर्ब १६ अर्ब ६ करोड कर्जा उपलब्ध गराएका छन् । सो कर्जामध्ये १ खर्ब ३६ अर्ब ४५ करोड धितोमा आधारित कर्जा हो भने बाँकी कर्जा विना धितोको हो ।

व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षक(धितोकर्जा) मा ५९ हजार ९३१ जना ऋणीले १ खर्ब ३८ अर्ब ८४ करोड २८ लाख रुपैयाँ कर्जा लिएको छ । गत आर्थिकको यो अवधिसम्म ४६ हजार ५७ जना ऋणीले १ खर्ब ६ अर्ब ९७ करोड रुपैयाँ धितो राखेर व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा लिएका थिए ।

बैक तथा वित्तीय संस्थाले यस्तो कर्जा उपलब्ध गराउँदा आधार दरमा २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी ब्याजदर
गत चैतको तुलनामा यो चैतसमम्म कर्जा र ऋणी महिला दुवै बढेको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा ८२ हजार ९ सय २६ महिला उद्यमीले ७३ अर्ब ५२ करोड रुपैयाँ महिला उद्यमशीलता कर्जा लिएका छन् । गत आवको यो अवधिसम्म ५५ हजार ५५१ महिला उद्यमीहरूले ५० अर्ब ९८ करोड ४४ लाख रुपैयाँ कर्जा लिएका थिए ।

पछिल्लो समय कपडा उद्योग सञ्चालनको लागि कर्जा बढ्दै गएको छ । गएको आर्थिक वर्षको यो अवधिसम्म २१० जना कपडा उद्योगीले २ अर्ब १६ करोड २५ लाख रुपैयाँ कर्जा लिएकामा यो आर्थिक वर्षको चैतमसान्तसम्म यो कर्जा बढर २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

सहुलियत ब्याजदर अनुदान कार्यविधिअनुसारको कर्जा अन्य सबै शीर्षकमा बढेपनि भुकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा र सीटीईभीटी दिने सम्बन्धी तालिम सञ्चालन गर्नका लागि लिने कर्जा भने घटेको छ । पछिल्लो भूकम्प पीडितको निजी आवास निर्माण कार्य अन्तिम चरणमा पुगेको र सीटीईभीटीबाट दिइने तालिमका लागि लिएको कर्जा घटाएपछि सो शीर्षकको कर्जा घटेको हो ।

विदेशबाट फर्केका युवा परियोजना कजा हालसम्म ६० अर्ब १३ लाख रुपैयाँ कर्जा गएको छ । ९५६ युवाले उक्त कर्जा लिएका हुन् । शिक्षित युवा स्वरोजगार कर्जामा १५० जना युवाले ५ करोड ६३ लाख कर्जा लिएको राष्ट्र बैंकको तथ्यांक छ ।

सहुलियतपूर्ण ब्याज अनुदान कार्यविधि अनुसार कुन शीर्षकमा कति पाइन्छ कर्जा ?
–व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा – ५ करोडसम्म
–शिक्षित युवा स्वरोजगार कर्जा – ७ लाख रुपैयाँसम्म
–विदेशबाट फर्केका युवा परियोजना कर्जा – १० लाख रुपैयाँसम्म
–महिला उद्यमशीलता कर्जा – १५ लाख रुपैयाँसम्म
–दलित समुदाय व्यवसाय विकास कर्जा -१० लाख रुपैयाँसम्म
–उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा – ५ लाख रुपैयाँसम्म
–भूकम्प पीडितहरूको निजी आवास निर्माण -३ लाख रुपैयाँसम्म
–कपडा उद्योग सञ्चालन कर्जा -५ करोडसम्म
–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट मान्य प्राप्त संस्थाबाट लिइने तालिम आदिको कर्जा -२ लाखसम्म

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स