चैतमा ३ करोड रुपैयाँले बढ्यो अमेरिकी डलर सञ्चिति

काठमाडौं । फागुन महिनासम्म घट्दै गएको विदेशी सञ्चिति चैतमा केही बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनामा देशको आर्थिक तथा वर्तमान स्थितिमा उल्लेख भएको तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति गत चैतको एक महिनाको अवधिमा ३ करोड डलरले बढेको छ ।

यससँगै फागुन मसान्तमा ९ अर्ब ५८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चैत मसान्तसम्ममा ९ अर्ब ६१ करोड डलर पुगेको हो । महिनामको अवधिमै ठाडो ह्रास भएको विदेशी मुद्रा सञ्चितिको अवस्थामा केही राहत पुगेको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई १०२१ अर्ब ४५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई १४६ अर्ब ४८ करोड कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स