नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

काठमाडौं । नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेसको स्वीकृति प्रदान गर्न गेटवे पेमेन्ट सर्भिस प्रा. लि., नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटरसँग साझेदारी गरेको छ ।

UPI अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो । यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र ब्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुबै देशका पसल र व्यापारी पसलहरूमा UPI आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्बाध रूपमा आफ्नो खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउनेछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्बाध भुक्तानीहरू गर्न सक्ने छन् । त्यसैगरी, नबिल UPI QR सँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, र पेटीएम लगायत UPIआधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्ने छन् ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स