काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा सबै वाणिज्य बैंकले वितरणयोग्य नाफा कमाएका छन् । २७ वटा वाणिज्य बैंकहरूले ६३ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ नाफा गरेका छन् । बैंकहरूले गरेको सो नाफाबाट सेयरधनीहरूलाई बााड्ने नाफा भने ४७ अर्ब ३४ करोड ४८ लाख रुपैयाँमात्रै रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आवमा ९ वटा बैंकहरूले वितरणयोग्य नाफा घटाएका छन् भने अन्य बैंकले वितरणयोग्य नाफा कमाएका छन् ।
बैंकहरूले गरेको नाफाबाट सञ्चालन तथा अन्य खर्च कटाएर सेयरधनीलाई बाड्ने वितरणयोग्य नाफा भने थोरै रहेको छ । गएको आवमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको जम्मा वितरणयोग्य नाफा ७६ करोड रुपैयाँमात्रै थियो । राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंक भएकोले यसले सेयरधनीलाई लाभांश बाड्नु पर्दैन ।
गत आवमा सर्वाधिक नाफा आर्जन गरेको नबिल बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ रहेको छ । गएको आवमा बैंकले विवतरण योग्य नाफा ह्वात्तै बढाएकोले शेयरधनीले बढी लाभांश पाउने भएका छन् । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९० करोडमात्रै थियो । अहिले सो नाफा बढेर ४ अर्ब नाघेको छ । सो कारण गएको आवमा नबिल बैंकका सेयर धनीले गएको आवको भन्दा बढी लाभाशं पाउनेछन् ।
नेपाल बैंकले गत आवमा ३ अर्ब ४९ करोड वितरणयोग्य नाफा कमाएको छ । बैंकले पनि अघिल्लो आवकोभन्दा दोब्बर वितरणयोग्य नाफा कमाएको छ । त्यसैले बैंकले गएको आवमा अघिल्लो आवको भन्दा बढी नाफा कमाएको छ ।
ग्लोबल आईएमई बैंकले पनि गएको आवमा वितरणयोग्य नाफा बढाएको छ । ग्लोबल बैंकको गत आवमा यस्तो नाफा २ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । बैंकले गएको आवमा १ अर्ब ४८ करोड वितरणयोग्य नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा गएको आवमा बैंकहरूले वितरणयोग्य नाफा बढाएकोले सेयरधनीले बढी लाभाशं पाउने भएका छन् ।
प्राइम कमर्शियल बैंकले २ अर्ब ६६ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकले अघिल्लो आवमा १ अर्ब ७१ करोड रुपैयाँ यस्तो नाफा कमाएको छ । यो बैंकका सेयरधनीले अघिल्लो आवको तुलनामा गत आवमा बढी नाफा कमाउने भएको छ ।
एभरेष्ट बैंकले पनि गत आर्थिक वर्षमा २ अर्ब ३६ करोड वितरणयोग्य नाफा कमाएका छन् । बैंकको गत आवमा यस्तो नाफा १ अर्ब ७९ करोड रुपैयाँ थियो । वितरणयोग्य नाफा बढाएका बैंकले अघिल्लो आवको लाभाशंमा तुलनामा गएको आवमा बढी पाउने छन् भने वितरणयोग्य नाफा घटाएका बैंकहरूका सेयरधनीले गत आवकोभन्दा कम लाभाशं पाउने छन् ।
यो अवधिमा एनएमबी, हिमालयन, सानिमा, सिटिजन्स, प्रभु, नेपाल बंगलादेश बैंक, माछापुच्छ«े, कुमारी लगायतका बैंकले वितरणयोग्य नाफा बढाएका छन् । त्यसरी नै नेपाल एसबीआई बैंक, सेन्चुरी, नेपाल क्रेडिट एण्ड कमर्श, लक्ष्मी, मेगा, कृषि विकास बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट बैंकले अघिल्लो आवको तुलनामा वितरणयोग्य नाफा घटाएका छन् ।