काठमाडौं । लुम्बिनी विकास बैंकले थप दुई शाखा विस्तार गरेको छ । बैंकले ८२ औं शाखाको रुपमा कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं। ५ स्थित चन्द्रौटा शाखा र ८३ औं शाखाको रुपमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.८. स्थित ताराताल शाखा संचालनमा ल्याएको हो।
बैंकको चन्द्रौटा शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन के। सी।ले संयुक्त रुपमा गरेका छन् ।
साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग बाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गरेका छन् ।