काठमाडौं । बैशाख तेस्रो साता बैंकहरूमा निक्षेप बढ्दै गएको छ भने कर्जा घटन थालेको छ । आर्थिक वर्षको अन्त्य हुन ९ साता बाँकी रहँदा वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको हो भने कर्जा घट्न थालेको हो ।
स्थानीय चुनाव नजिकिदै जाँदा बैंकहरूमा निक्षेप बढ्न थालेको हो । वाणिज्य बैंकहरूमा बैशाख १६ गतेदेखि २३ गतेसम्म ६ अर्ब निक्षेप बढेको छ ४ अर्बले कर्जा घटेको बैकर्स संघको तथ्यांकले देखाएको छ ।
बैशाख १६ गते वाणिज्य बैंकहरूसँग ४३ खर्ब ६८ अर्ब निक्षेप रहेकोमा एक साताको अवधिमा निक्षेप बढेर ४३ खर्ब ७३ अर्ब पुगेको छ । त्यसरी नै यो अवधिमा कर्जा घटेर ४१ खर्ब ९३ अर्बमा ओर्लिएको छ । बैशाख १६ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४१ अर्ब ९४ अर्ब रुपैयाँ थियो ।
बैशाख महिनाभरिलाई हेर्ने हो भने यो अवधिमा २ अर्बले कर्जा बढेको देखिन्छ भने ४ अर्बले निक्षेप घटेको तथ्यांकमा उल्लेख गरिएको छ ।
निक्षेप बढ्नु र कर्जा घट्नुको प्रत्यक्ष प्रभाव सीडी रेसियोमा परेको छ । १६ गतेसम्म ९०.९९ प्रतिशत कायम सीडी रेसियो २३ गतेसम्म घटेर ९०.८१ प्रतिशतमा झरेको छ ।