समृद्धि फाइनान्स लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको पुतलीसडक, पोखरा र बुटवल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

पोखरा शाखाले लायन्स क्लबको सहयोगमा अमसिंह माविमा, पुतलीसडक शाखाले मिल्टन इन्टरनेशनल कलेजमा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समितिमा कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा सहभागी विद्यार्थी तथा युवाहरुमा वित्तीय ज्ञान तथा सिप दिइएको थियो ।

सो कार्यक्रममार्फत विद्यार्थी, किशोरकिशोरी तथा युवाहरुको वित्तीय ज्ञान, सिप र व्यवहारमा सुधार ल्याई वित्तीय साक्षरता अभिबृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने कम्पनीले विश्वास लिएको छ ।

साथै हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो चेतनामुलक अभियानको मुख्य उद्देश्य रहेको कम्पनीका व्यवसाय प्रबर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफ र पुतलीसडक शाखा प्रमुख विक्रम ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स