नेपालमा पहिलो पटक नबिल बैंक युएसडिएबाट सूचीकृत

काठमाडौं । नबिल बैंकले युएसडिएद्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम अन्तर्गत जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिएसँग सम्झौता गरेको छ ।

नबिल बैंक युएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थासँगैं नबिल बैंकले युएसडिएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ ।

युएसडिए कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्ने छैन ।

यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

युएसडिएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा हो ।

नबिल बैंकको १४८ शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत बैंकिङ सेवाहरु दिँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स