सबैको लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खराब कर्जा कम उठाएका कारण खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.०३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २७.७४ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा १२.५० प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ करोड ४४ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड २० लाख रुपैयाँ मात्र खराब कर्जा उठाएको छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ९७ पैसा घटेर ३५ रुपैयाँ ३३ पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.११ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३१.०५ प्रतिशत बढेको छ भने जगेडा कोष ४२.०९ प्रतिशत बढेको छ। लघुवित्तको सापटी ३६.४३ प्रतिशत, निक्षेप ५२.८३ प्रतिशत र कर्जा ४६.७६ प्रतिशत बढेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स