२१ बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्तिबाट १५ अर्ब लाभ, राज्यलाई तिरेनन् साढे ४ अर्ब आयकर

काठमाडौं । २१ बैंक तथा वित्तीय संस्थाहरुले मर्जर र प्राप्ति गर्दा आयकर छलेको महालेखापरीक्षक कार्यालयले जानकारी दिएको छ । २१ बैंक तथा वित्तीय संस्थाहरुले मर्जर र प्राप्तिमा करिब साढे ४ अर्ब रुपैयाँ आयकर छलि गरेको महालेखाको आर्थिक वर्ष २०७६/७७ प्रतिवेदनमा उल्लेख छ ।

वित्तीय प्रतिवेदनमा प्राप्ति गर्ने कम्पनीले प्राप्ति हुने कम्पनीको पहिचान भएको सम्पत्तिहरू प्राप्ति गर्दा र त्यो कम्पनीको पहिचान भएको दायित्व स्वीकार गर्दा बजार मूल्यमा गर्नपर्ने हुन्छ । पहिचान भएको सम्पत्तिमा स्वीकार गरेको दायित्व घटाई बाँकी खुद सम्पत्ति वापत दिएको साधारण शेयरको बजार मूल्यको आधारमा आउने फरक रकमलाई अवस्थाअनुसार सौदाबाजी गर्दाको लाभको रुपमा वा साखको रुपमा लेखांकन गर्नुपर्ने व्यवस्था छ ।

लेखामानको यो प्रावधानहरू विपरीत मर्जर र एक्वीजिसन गर्दा भएको लाभलाई प्राप्ति गर्ने कम्पनीले सोझै आफ्नो इक्विटीमा भएको परिवर्तन विवरणमा एक्वीजिसन रिजर्भ, जेनेरल रिजर्भ, क्यापिटल रिजर्भ लगायतका शीर्षकमा देखाइएको प्रतिवेदनमा उल्लेख छ ।

कतिपय बैंकले नाफा नोक्सान खातामा नै देखाएको अवस्था रहेको प्रतिवेदनमा जनाइएको छ । बिजनेस कम्बिनेसनबाट प्राप्त भएको लाभलाई २१ बैंक तथा वित्तीय संस्थाले लाभ देखाई आयकर तिर्नुपर्नेमा त्यो नगरेकोले ती वाणिज्य बैंकहरूको लाभ उठाउन महालेखाले भनेको छ।

यस्तो रकम १४ अर्ब ९३ करोड ३ लाख रुपैयाँ छ । उक्त रकमको ३० प्रतिशतले कर तिर्दा ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ हुन्छ । यसमा शुल्क एवं ब्याज समेत छानबिन गरी कर निर्धारण एवं असुल गर्नुपर्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स