काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले २२ जना ऋणीको धितो लिलाम गर्ने भएको छ । लघुवित्तले आज बुधबार एक सूचना जारी गरी ३५ दिनभित्र सावा ब्याज नतिर्ने ऋणी सदस्यको धितो लिलाम गर्न लागेको हो ।
लघुवित्तले जारी गरेको सूचनामा भनिएको छ ‘यस वित्तीय संस्थाबाट विभिन्न व्यवसाय प्रयोजनका लागि लिएको कर्जाको सावा ब्याजलगायत अन्य रकम संस्थाको शर्त बमोजिम समय तिर्नुपर्ने रकम नतिरी कर्जाको शर्त बन्देज उल्लघंन गरेकोले निजको चल अचल सम्पत्तिबाट असुल उपर गर्ने लघुवित्तले जनाएको छ ।
वित्तीय संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था ऐन २०७३ र यस वित्तीय संस्थाको बचत परिचालन तथा कर्जा कार्यविधि २०७४(संशोधन सहित) प्रचलित कानुन अनुसार ऋणीको चल अचल जायजेथा तथा श्रीसम्पत्तिबाट लेना असुल उपर गरिने व्यहोरा सम्बन्धित सबै ऋणलार्य सूचीत गरेको व्यहोरा उल्लेख गरेको छ ।