१६ दिनमा ९ अर्बले घट्यो निक्षेप, कर्जामा भने सामान्य वृद्धि

काठमाडौं । बैशाख २ गतेदेखि १६ गतेसम्ममा वाणिज्य बैंकमा रहेको निक्षेप ९ अर्बले घटेको छ । बैशाख २ गते ४३ खर्ब ७७ अर्ब रहेको निक्षेप १६ गते आईपुग्दा ४३ खर्ब ६८ अर्बमा सीमित भएको छ । यो अवधिमा ठूलामात्रा बैंकहरूबाट निक्षेप झिक्ने घटेपनि बैशाख ९ गतेयता भने १ अर्बले निक्षेप बढेको छ ।

नयाँ वर्ष २०७९ को पहिलो ९ दिनमै वाणिज्य बैंकहरूबाट साढे २१ अर्ब रुपैयाँ निक्षेप कम भएको थियो । त्यसपछिको सातामा भने सामान्य दरमा बढेको हो ।

बैशाख लागेपछि कर्जा भने २ अर्बले बढेको छ । बैशाख २ गते ४१ खर्ब ९५ अर्ब रहेको कर्जा प्रवाह १६ गतेसम्म बढेर ४१ खर्ब ९७ अर्ब पुगेको छ । बैशाख ९ गते भने कर्जा घटेर ४१ खर्ब ९४ अर्बमा झरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स