सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस’ बचत खातामा ८.०३ प्रतिशत ब्याज पाइने

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्षको अवसरमा नयाँ बचत खाता सेवा संचालनमा ल्याएको छ । बैंकले ८.०३ प्रतिशत ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको हो ।

यस बचत खातामा मासिक ब्याज भुक्तानी, प्रायोरिटि बैंकिंङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट (पहिलो वर्षको लागि) रहेको छ ।

यसका साथै यसमा पहिलो वर्ष डेबिट कार्ड, मोबाईल बैंकिंङ, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैंकिंङ, क्रेडिट कार्ड, डिम्याट र मेरो सेयर र प्रिपेड कार्ड सेवा निःशुल्क रहेको छ ।

१९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स