मुक्तिनाथ विकास बैंकको सिइओमा प्रद्युमन पोख्रेल पुनः नियुुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रद्युमन पोख्रेल पुनः नियुुक्त भएका छन् ।

बैंकको संचालक समितिको बैठकले उनलाई जेठ १ गतेबाट लागू हुनेगरी दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।

उनी यस अगाडि २०७५ साल जेठ १ गतेबाटै बैंकको सिइओमा नियुक्त भई कार्यभार सम्हाल्दै आएका थिए ।

उनले २०७३ साल मंसिर १९ गतेदेखि मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स