उच्च अदालत पाटनबाट आयो यस्तो आदेश : हिमालयन बैंकको लाभांश नरोक्नु

काठमाडौं । राष्ट्र बैंकले कारवाही गरेको हिमालयन बैंकलाई अदालतले सफाइ दिएको छ । उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको छ । उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई लाभांश वितरणमा लगाएको रोकलाई कार्यान्वयन नगर्न आदेश दिँदै तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्ज भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन जारी गरेको थियो । सोका विरुद्ध हिमालयन बैंक उच्च अदालत पाटनमा गएको थियो । अदालतले परमादेश जारी गर्दै लाभांश वितरण नरोक्न निर्देशन दिएको हो ।

‘हिमालयन बैंकबाट सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७÷७८ को नगद लाभांश गर्न सक्ने अवस्था देखिँदा यस सम्बन्धमा जे जे गर्नुपर्ने हो गरी नगद लाभांश वितरण गर्न निवेदक हिमालयन बैंकलाई आवश्यक निर्देशन दिनु,’ अदालतले राष्ट्र बैंकको नाममा जारी गरेको परमादेशमा भनेको छ ।

हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१.३८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स