बैंकहरूको सम्पत्ति बढेर पौने ५६ खर्ब, कुन बैंकको कति ?

काठमाडौं । १ वर्षमा बैंकहरूले ६ खर्बभन्दा बढी सम्पत्ति बढाएका छन् । देशमा सञ्चालित बैंकहरूले १ वर्षमा सो सम्पत्ति बढाएका हुन् । गत चैतदेखि यो चैतसम्मको अवधिमा बैंकहरूले कुल ३२ अर्बसम्म आफ्नो सम्पत्ति बढाएका छन् ।

गत आर्थिक वर्षको तेस्रो चौमाससम्म बैंकहरूको सम्पत्ति ४९ खर्ब ६० अर्ब ७७ करोड रुपैयाँ थियो भने चालु आवको तेस्रो त्रैमाससम्म बैंकको सम्पत्ति बढेर कुल ५५ खर्ब ७२ अर्ब ३९ करोड पुगेको हो । गत आवको अन्त्यसम्म बैंकहरूको यस्तो सम्पत्ति ५२ खर्ब २३ अर्ब ६ करोड रहेको थियो ।

बैंकहरूले सार्वजनिक गरेको तथ्यांक हेर्दा ३ खर्बभन्दा बढी सम्पत्ति भएका तीन वटा बैंक रहेका छन् भने १२ वटा बैंकको सम्पत्ति १ खर्बदेखि २ खर्ब रुपैयाँको बीचमा रहेको छ । अन्य १२ वटा बैंकको सम्पत्ति भने १ खर्ब र २ खर्बकोबीचमा रहेको छ ।

देशमा सञ्चालित २७ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी सम्पत्ति ग्लोबल आईएमई बैंकको रहेको छ । बैंकले बैंकले १ वर्षको अवधिमा ३१ अर्ब ९६ करोड रुपैयाँले सम्पत्ति बढाएर ३ खर्ब ५१ अर्ब ९० करोड पुर्याएको छ । चालु आवको दोस्रो त्रैमाससम्म बैंकको सम्पत्ति ३ खर्ब ५५ अर्ब ५४ करोड रुपैयाँ थियो ।

ग्लोबल बैंक पछि एनआईसी एशिया बैंक सम्पत्ति बढी हुने बैंकको दोस्रो सूचीमा परेको छ । एनआईसी एशिया बैंकको सम्पत्ति बढेर ३ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिको भन्दा बैंकको सम्पत्ति १० अर्ब ३२ करोडले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सम्पत्ति ३ खर्ब ३९ अर्ब ९२ करोड रुपैयाँ थियो ।

नबिल बैंकको सम्पत्ति ३ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा बैंकको सम्पत्ति २ खर्ब ७७ अर्ब ३१ करोड रुपैयाँ थियो । अहिले २३ अर्ब २० करोड रुपैयाँले बढेको छ ।

नबिलपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक परेको छ । बैंकको सम्पत्ति हाल २ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले यो अवधिमा १० अर्ब २२ करोड रुपैयाँले सम्पत्ति बढाएको छ । गत आवको अन्त्यसम्म बैंकको सम्पत्ति ३ खर्ब ९ अर्ब ९८ करोड रुपैयाँ थियो भने गत आवाको चैत मसान्तमा २ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम सम्पत्ति नेपाल बंगलादेश बैंकको रहेको छ । बैंकको सम्पत्ति चालु आर्थिक वर्षमा आईपुग्दा साढे ७ अर्बले बढेर १ खर्ब ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । कम सम्पत्ति हुने दोस्रो बैंकमा सिभिल बैंक रहेको छ । बैंकको १ खर्ब १३ अर्ब रुपैयाँ सम्पत्ति रहेको छ भने तेस्रो कम सम्पत्ति हुने बैंकमा सेन्चुरी बैंक परेको छ ।

सिभिल बैंकले १ वर्षमा ४ अर्ब ८ करोड रुपैयाँ सम्पत्ति बढाएको छ भने सेचुरी बैंकको सम्पत्ति ११ अर्ब ५ करोड रुपैयाँले बढेर १ खर्ब १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

यति छ बैंकहरूको सम्पत्ति

स्रोत : बैंकहरूको वित्तीय विवरण

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स