नेपाल राष्ट्र बैंकद्वारा क्रेडिट कार्डबाट नगद कारोबारमा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम नगद झिक्न र बैंक खातामा रकम ट्रान्फसरमा कडाइ गरेको छ ।

राष्ट्र बैंकले निर्देशन २०७८ मा संशोधन थप जारी गर्दै क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने व्यवस्था गरेको हो ।

क्रेडिट कार्डमार्फत् वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्रै प्रयोग गर्नुपर्ने छ ।

यो रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने भएको छ ।

विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अध्यावधिक गर्दा ‘पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो हठरिएमा कानुन बमोजिम सहुँलारबुझाउँला’ भन्ने बेहोराको विद्युतीय रुपमा स्वघोषणा गर्न लगाउनु पर्ने भएको छ ।

विद्युतीय वालेटमा रकम लोड गर्दा एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनु पर्ने नियम समेत नेपाल राष्ट्र बैंकले ल्याएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स