देशभित्रै पुँजी जोह गर्न राष्ट्र बैंकले बचत पत्रमै दिने भयो साढे १२ प्रतिशतसम्म ब्याज

काठमाडौं । देशभित्रैबाट पुँजीको जोह गर्न सरकारले साढे १२ प्रतिशतसम्म ब्याज तिरेर बचतपत्र बिक्री गर्ने भएको छ । तरलता अभाव भएपछि सरकारले लिने आन्तरिक ऋण उठाउनका लागि सो महँगो ब्याज तिर्न लागेको हो । सरकारले नेपाल राष्ट्र बैंक मार्फत उठाउने आन्तरिक ऋणको बचत पत्र मै ११ प्रतिशतदेखि साढे १२ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

अहिले वाणिज्य बैंकहरूले मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । रेमिट्यान्स खातामा १ प्रतिशत अतिरिक्त ब्याज गरी कुल १२.०३ प्रतिशत ब्याज दिन पाउने व्यवस्था छ । बैंकहरूको ब्याजदर समेत बढ्दै गएको अवस्थाममा राष्ट्र बैंकले पनि वाणिज्य बैंकको मुद्दति निक्षेपको ब्याजदरकै हाराहारीमा बचतपत्रहरूको ब्याज दिन लागेको हो ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएकाहरूको लागि खुला गरेको बचत पत्रमा साढे १२ प्रतिशत ब्याज दिने भएको हो । वैदेशिक रोजगारीमा गएकाले आवेदन गर्न पाउने वैदेशिक बचतपत्रमा साढे १२ प्रतिशतसम्म ब्याजददिने गरी ऋणपत्र खुला गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले रेमिट्यान्सलाई फर्मल च्यानलबाट भित्र्याउन २० करोड रुपैयाँको बचतपत्रमा १२.५ प्रतिशत ब्याज दिने भएको हो । राष्ट्र बैंकले यो बचतपत्र आगामी ५ वर्षको लागि जारी गर्न लागेको हो। यो बचतपत्रमा आवेदकले पाँच वर्षसम्म १२.५ प्रतिशतका दरले ब्याज पाइने छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०६७/६८ यता वैदेशिक रोजगार बचतपत्रको ब्याजदर अधिकतम १०.५० प्रतिशत सम्म मात्रै पुगेको छ । तर अहिले तरलता अभाव चर्किएको कारण यस्तो बचतपत्रको ब्याजदर बढाएको हो ।

गत वर्ष बैंकिङ प्रणलीमा अधिक तरलता हुँदा राष्ट्र बैंकले सस्तो ब्याजदरमा यस्तो ऋण उठाएको थियो । तर, अहिले तरलता अभावको कारण बैंकहरूको समेत ब्याजदर बढ्दै गएको अवस्थामा महँगो ब्याजदरमा नै आन्तरिक ऋण उठाउन लागेको हो ।

राष्ट्र बैंकले सर्वसाधारण नागरिकले समेत भर्न पाउने नागरिक बचतपत्रमा पनि ११ प्रतिशत ब्याज दिने भएको छ । बैंकले चौथो त्रैमासमा ३ अर्ब रुपैयाँभन्दा धेरैको बचतपत्र जारी गर्ने छ । यसको अवधि पाँच वर्षको रहने छ । केन्द्रिय बैंकले जारी गर्ने उक्त बचतपत्र खरिद गर्दा आगामी ५ वर्षसम्म ११ प्रतिशत ब्याज पाइने छ।

गत वर्षसम्म नागरिक बचतपत्रको ब्याजदर ९ प्रतिशत थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नागरिक बचतपत्रको ब्याजदर १० प्रतिशत पुगेको थियो भने चौथो त्रैमासमा थप १ प्रतिशतले बढाएर ११ प्रतिशत पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स