सेयर ट्रेडिङबाट बैंकहरूको आम्दानी साढे ६ अर्बमा सीमित, सरकारी बैंकले ट्रेडिङमा देखाएनन् चासो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजारमा लगानी गरेर ६ खर्ब ४५ अर्ब ७४ करोड रुपैयाँ कमाएका छन् । गत आवको सो अवधिमा बैंकहरूले सेयर बजारमा लगानी गरेर ८ अर्ब ५० करोड ३८ लाख रुपैयाँ कमाएका थिए । गत आवको तुलनामा बैंकहरू सेयर बजारमा गरेको लगानीबाट कमाएको आम्दानी करिब २ अर्बले कम हो ।

नेपाल राष्ट्र बैंकले सेयर लगानीमा ४÷१२ को सीमा लगाएपछि बैंकहरूले लगानी घटाएका हुन् । गत आवको असारमसान्तको भन्दा सबै बैंकहरूले ट्रेडिङमा लगानी घटाएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमार्फत सेयरधितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको यो सीमासँग सबै बैंकले सेयर कर्जामा घटाउँदै लगेको भने बजारमा आफूले पनि कममात्रै लगानी गर्न थालेको छ । तरलता अभावका कारण यस वर्ष बैंकहरू आफैले खुलेर लगानी गर्न सकिरहेका छैनन् । यसको कारणले पनि बैंकहरूको सेयर बजारबाट हुने आम्दानी घटेको हो ।

सेयर बजारमा गरेको लगानीबाट सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले कमाएको छ भने सबैभन्दा कम सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ट्रेडिङमा लागनी गरेर ५५ करोड ८९ लाख रुपैयाँ कमाएको छ ।

ट्रेडिङबाट बढी कमाउने दोस्रो बैंकमा स्टाण्र्डड चाटर्ड बैंक परेको छ । बैंकले ५० करोड रुपैयाँ कमाएको छ भने ग्लोबल आईएमई बैंकले ४६ करोड ७६ लाख रुपैयाँ कमाएका छन् । हिमालयन बैंकले पनि ४५ करोड ९९ सय रुपैयाँ कमाएको छ ।
सेयर कारोबारबाट कमाउने बैंकको ५ औं स्थानमा नबिल बैंक परेको छ । नबिल बैंकले चालु आवको यो अवधिमा ४५ करोड ४२ करोड रुपैयाँ कमाएको छ । त्यसरी नै सेन्चुरी, सिभिल र नेपाल बंगलादेश बैंकपनि सेयर बजारमा कम लगानी गरेर कम आम्दानी गर्ने बैंकमा परेका छन् ।

त्यसरी यस्तो ट्रेडिङबाट कम कमाउने बैंकको सूचीमा कृषि विकास बैकपछि नेपाल राष्ट्रिय वाणिज्य बैंक परेको छ । सरकारी स्वामित्वका यी दुबै बैंकले सेयर कारोबारबाट अन्य बैंकको तुलनामा कम आम्दानी गरेका छन् । यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ३ करोड ८४ लाख रुपैयाँ कमाएको छ भने कृषि विकास बैंकले ७ करोड ४५ लाख कमाएको छ । यद्यपि कृषि विकास बैंकले गरेको आम्दानी गत त्रैमासकोभन्दा कम हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स