विगतमा मैले पनि अहिलेको गभर्नरको जस्तै समस्या र विवाद खेपेको थिएः डा.रावल

काठमाडौं । नेपाल राष्ट्र बैंक ६७ औं वार्षिकोत्सवमा पूूर्वगभर्नर डा. तिलक रावलले २० वर्षअघि आफू परेको मारमा अहिलेको गभर्नर अधिकारी परेको बताएका छन् । । आफूजस्तै अहिलेको गभर्नरलाई पनि मार परेको र सर्वोच्च अदालतले पदमा फर्काएको उनले उल्लेख गरे ।

‘राष्ट्रको अर्थतन्त्रको हितमा काम गर्न सक्नुहोला भन्ने विश्वास र शुभकामना छ,’ उनले भने ‘विगतमा पनि विश्वको अर्थतन्त्रमा ठूलठूला असर परेका थिए । अमेरिका र चीनबीच चलेको व्यापार युद्धले विश्व अर्थतन्त्रमा नकारात्मक असर पारेकै हो ।’ ग्लोबल सप्लाई चेनमा समस्या परे पनि भारतीय सप्लाई चेनमा समस्या नहुँदा नेपालमा असर नपरेको उनले स्मरण गरे ।

कोभिड–१९ ले अर्थतन्त्रमा असर परेको छ,’ उनले थपे ‘कोभिड–१९ अघि पनि नेपालको अर्थतन्त्र राम्रो भने नरहेको उनको भनाइ छ । यसको दोष कुनै एक सरकार र अर्थमन्त्रीलाई दिने पक्षमा छैन ।

मुद्रास्फीति नियन्त्रण बाहिर जाँदै गरेको उनले औँल्याए । खतरनाक मोड लिएको छ । दुर्घटना हुनसक्छ । सबै मिलेर समन्वय गरेर जाऊँ, उनले भने, युवराज खतिवडाले पनि तपाईंको बेलामा नराम्रो थियो भन्दा स्वीकार गरे । अहिले झनै खराब छ । वार्षिक बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्था आइसक्यो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स