अबदेखि ग्लोबल आइएमई बैंकका ग्राहकले भिडियो कलमार्फत् केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाईसी प्रणाली (ग्लोबल लाइभ बैकिंङ) सुचारु गरेको छ ।

बैंकले डिजिटल नेटवर्क सोलुसन प्रालिसँगको सहकार्यमा भिडियो केवाईसी प्रणााली विकास र कार्यान्वयनका लागि सम्झौता गर्दै यो प्रणाली सुरु गरेको हो ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट नायब महाप्रबन्धक कल्याण बिक्रम पाँडे र डिजिटल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुण खत्रीले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतापश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब अनलाइन भिडियो कलमार्फत आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन् । यस प्रणालीबाट आफ्ना ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स