एनएमबि बैंकको ईक्रा नेपालद्धारा रेटिंङमा स्तरन्नोति

काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबी बैंकको विगतको रेटिङलाई स्तरवृद्धि गरेको छ ।

ईक्रा नेपाल लिमिटेडले दिएको रेटिङ इक्राएनपी आईआर ए हो भने यो रेटिङ प्राप्त गर्ने संस्थाहरू वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरूमा न्यून कर्जा जोखिम रहेको हुन्छ । ईक्रा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ ऐजेन्सी हो ।

विगतका वर्षहरूमा विभिन्न संस्थाहरुसँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालको कारण देशव्यापी रुपमा बैंकका ग्राहकहरूको संख्यामा उल्लेख्य वृद्धि तथा सोबाट बैंकको बजार हिस्सामा भएको वृद्धि र पुँजीगत पर्याप्तता तथा अनुभवी व्यवस्थापन समेतका आधारमा ईक्रा नेपालले बैंकलाई यस अघि प्रदान रेटिङमा स्तरवृद्धि गरेको बैंकको विस्वास छ ।

एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो ।

एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू,१३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स