९ महिनापछि कुमारी बैंकले पायो सीईओ, रामचन्द्र खनालले सम्हाले भए ४ वर्ष

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत .मा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंकले ९ महिनापछ सीईओ पाएको हो । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैंठकले खनाललाई सीईओमा नियुक्त गरेको हो ।

तत्कालिन कामु सीईओ अनुजमणि तिमिल्सिना र डेपुटी सीईओ मनिष तिमिल्सिनाले स्वेच्छिक अवकास लिएपछि कुमारी बैंकमा सीईओ पद खाली थियो । खनालले कामू सीईओको जिम्मेवारी सम्हालेका थिए ।

यस अघि बैंकको कायम मुकाय सीईओ रहेका खनाललाई बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि नियुक्त गरेको हो । नवनियुक्त सीईओ खनालले बुधबारदेखि कुमारी बैंकको कमाण्ड सम्हाल्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स