नेपालीको बैंकमा २ करोड ९९ लाख ३० हजार खाता

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालीको बैंकमा २ करोड ९९ लाख ३० हजार खाता रहेको छ ।
राष्ट्र बैंकले आज शुक्रबार (भदौ ४ गते) सार्वजनिक गरेको रिर्पोट अनुसार नेपालीको बैंकमा २ करोड ९९ लाख ३० हजार खाता खोलिएको देखिएको हो ।

२ करोड २ लाख नेपालीको एकभन्दा बढी खाता रहेको छ ।

नेपालको अहिले कुल अनुमानित जनसंख्या ३ करोड छ । राष्ट्र बैंकको अध्ययन अनुसार २०७८ जेष्ठसम्म ६७.३ प्रतिशत जनसंख्यासँग १ बैंक खाता रहेको छ । २०७७ असार मसान्तसम्म ६०.९ प्रतिशत थियो ।

बैंकहरुको खाता खोल्ने अभियन, सामाजिक सूरक्षा बापतको रकम भुक्तानीका लागि अनिवार्य बैंक खाता र सेयर बजार विस्तारले गर्दा खाता खोल्नेको संख्या बढेको राष्ट्र बैंकको रिर्पोटमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स