गभर्नर अधिकारीको मुद्दामाथि आज सुनुवाइ नभ्याइन पनि सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा न्यायधीन सपना प्रधान मल्ल र टंकवहादुर मोक्तानको इजलासमा तोकिएको छ । आज मंगलबार तोकिएको अन्तरिम आदेश छलफलका वारेमा सरकार पक्ष र गभर्नरका पक्षबीच अन्तरकालीन अन्तरिम आदेश निरन्तर गर्ने या नगर्ने विषयमा छलफल हुनेछ । यस इजलासले पूर्व आदेश बमोजिम सदर गरेमा गभर्नर अधिकारीले काम गर्नका लागि निरन्तरता पाउने छन् भने अत्पकालीन अन्तरिम आदेश खारेज भएमा उनी आदेश आउने वित्तिकै घर जानु पर्नेछ ।

आज सर्वोच्च अदालतको ९ नम्बर इजलासको क्रमसंख्या क्रमसंख्या ‘घ’ मा यस मुद्दाको पेशी रहेको छ । उक्त मुद्दाको पेशीको सुनुवाइ १ बजेअगाडि हुने सम्भावना कम रहेको छ । यसअघिका मुद्दाको निरन्तर सुनुवाइ गरी किनारा नलगाइ ‘घ’ मुद्दामाथि छलफल सुरु हुँदैन । तसर्थ अगाडिका मुद्दाको किनारा नलगाइ यस मुद्दामा प्रवेश गर्न नमिल्ने हुँदा आज सम्भवत गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ नभ्याइन पनि सक्ने सम्भावना उत्तिकै छ ।

सरकारले छानविन समिति बनाएर गभर्नरलाई निलम्बन गरेपछि गभर्नर अधिकारीले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । आज उक्त मुद्दामाथि छलफल हुँदैछ । अल्पकालीन आदेशमा गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नु र काम गर्न नरोक्नु भन्दै सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले अल्पकालीन अन्तरिम आदेश दिँदै वैशाख १३ गते छलफलका लागि दुबै पक्षलाई बोलाएका थिए । आजको इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिए गभर्नर पदमा बहाल रहनेछन् । निरन्तरता नदिए उनको निलम्बन कायम रहनेछ ।

सरकारले गर्ने काममा असहयोग गरेको भन्दै गत चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स