गरिमा क्यापिटलको छैटौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा वैशाख ०९ गते, शुक्रबार पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गरिएको थियो ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ ।

मम्पनीले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्न स्वीकृति प्रदान गरेको छ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व ५ जना संचालकको निर्विरोध निर्वाचित गरेको छ। सञ्चालकमा चयन हुनेहरुमा दीपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ छन्।

सभालगत्तै बसेको सञ्चालक समितिको बैठकबाट दीपक पाण्डेय अध्यक्ष पदमा मनोनयन भएका छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स