प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ७ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीले दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा आफ्नो २० औं साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्तावको कम्पनीको बीसौं वार्षिक साधारणसभाबाट ७ प्रतिशत बोनस सेयर र ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।

साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० चुक्तापुँजीबाट बोनस सेयरपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड ८१ लाख ४४ हजार ८१९ हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स