उद्यमशीलताका लागि ‘ब्यालेन्स सिट’मा आधारित कर्जा हुनुपर्छ

अर्थतन्त्रको पुनरुद्धारमा उद्यमशीलताको ठूलो हात हुन्छ । धनीलाई झन् धनी बनाएर मात्रै मुलुक अगाडि बढ्दैन । सबैलाई समेटेर लैजानुपर्छ । समावेशीरुपमा एक साथ अगाडि बढ्न सके मात्रै वास्तवमा दिगो विकासको लक्ष्य भेट्न सकिन्छ । यसैले अब धेरैको सोच जागिर खाने होईन, जागिर दिने हुनुपर्छ । त्यसका लागि उद्यमशीलताको प्रवद्र्धन र विकास गर्नुपर्छ । यो नभइकन दिगो विकास गर्न सकिंदैन । यसका निम्ति विद्यालय तहदेखि नै विचार प्रक्रियालाई परिवर्तन गरेर ल्याउन जरुरी छ ।

मुलुकमा उद्यमशीलताको विकास गर्ने हो भने त्यसको शुरुवात विद्यालय तहको शिक्षाबाटै गर्नुपर्छ । विद्यालय तहदेखि नै पढाइ, सिकाय र अभ्यासको अनुभव गराउँदै ल्याउने हो भने उद्यमी जन्माउन धेरै कठिन हुँदैन ।

विश्वमा नयाँ उद्यमशील व्यक्तिमध्ये करीब ८०–८५ प्रतिशत असफल नै हुन्छन् भन्ने विभिन्न अध्ययनले देखाएको छ । यसमा सफल हुने दर एकदम कम छ । यो दर कम भए पनि नेपालमा भने युवालाई उद्यमशीलताकै बाटो देखाउन जरुरी छ । यसका लागि सस्तो ब्याजदरमा लगानी गर्न सक्ने अवस्था हुनुपर्छ ।

जग्गा किनेर व्यवसाय गर्न थाल्यौं भने सुरुवात नै गलत हुन्छ, व्यवसायको लागतमै बढी खर्चिनु पर्दा व्यवसायलाई प्रोत्साहित गर्न सकिंदैन । उत्पादन गर्ने कच्चा पदार्थ खरिदका लागि कर्जाको ब्याजदर सस्तो हुनुपर्छ तव मात्र उद्यमीहले काम गर्न सक्ने अवस्था बन्छ ।

जग्गा किनेर व्यवसाय गर्न थाल्यौं भने सुरुवात नै गलत हुन्छ, व्यवसायको लागतमै बढी खर्चिनु पर्दा व्यवसायलाई प्रोत्साहित गर्न सकिंदैन । उत्पादन गर्ने कच्चा पदार्थ खरिदका लागि कर्जाको ब्याजदर सस्तो हुनुपर्छ तव मात्र उद्यमीहले काम गर्न सक्ने अवस्था बन्छ । यहाँको उत्पादन सस्तो भएपछि आयात प्रतिस्थापन गर्ने वातावरण सिर्जना गर्न सकिन्छ ।

उत्पादन गर्न र उद्यमी बन्न नेपालमा सहज छैन । त्यसको लागि कच्चा पदार्थको लागत कम हुनुपर्छ । हामीले उत्पादन गर्ने सामानहरु आयातित सामान भन्दा गुणस्तरीय हुनु जरुरी छ । कच्चापदार्थ महँगोमा ल्याउनु भन्दा मुलुकभित्रै उपलब्ध कच्चा पदार्थबाट बन्ने वस्तुको उत्पादन बढाउन जरुरी छ । हामी कृषिप्रधान देश भन्छौं, कृषिमा केन्द्रित छौं । तर साना किसानले गरेको उत्पादनले देशलाई कृषिप्रधान बनाउँदैन । त्यसका लागि सामूहिक खेती, ठूलो जग्गामा खेती हुनुपर्छ । ठूलो मात्रामा हुने उत्पादनले मात्र आयातको प्रतिस्थापन गर्न सक्छ । निर्यातको संभावना बढाउन सक्छ ।

संभावनामा लगानी

बैंक भनेको मध्यस्थकर्ता मात्रै हो । सर्वसाधारणबाट पैसा ल्याएर राम्रो सम्भावना भएको क्षेत्र वा उद्यममा बैंकले लगानी गर्छ । बैंकले लगानी गरेर सेयरधनीहलाई प्रतिफल दिने हो । यसर्थ आमग्राहकहमै उद्यमशील बन्ने इच्छाशक्ति हुनुपर्छ । बैंकले कर्जा मात्रै दिने हो । बैंक आफै गएर उत्पादन गर्ने वा त्यसमा सहयोग गर्ने होईन । बैंकले उद्यम स्थापना गर्ने होईन । यसकारण बैंकलाई व्यावसायिक योजनासहितको उद्यमी चाहिन्छ । व्यवसायमा अवसर देख्नेको जमात चाहिएको छ ।

बैंकले त आर्थिक जोहो मात्रै गरिदिने हो । यद्यपी अहिले बैंकहलाई कर्जा दिन समस्या परेको अवस्था छ ।

व्यवसाय गर्ने वा मानिसहलाई उद्यमशील बनाउने वातावरण सरकारले निर्माण गरिदिनुपर्छ । उद्यम सफल बनाउन बिजुली, पानी, सिंचाई, बाटो, बजारीकरणलगायत सबै सेवा उपलब्ध हुनु जरुरी छ । बैंकले त आर्थिक जोहो मात्रै गरिदिने हो । यद्यपी अहिले बैंकहलाई कर्जा दिन समस्या परेको अवस्था छ । यो अवस्था सधैं नरहला । भोलिको दिनमा कर्जा दिने अधिक क्षमता हुँदा लक्ष्य भनेको उद्यमशीलता सिर्जना गर्ने नै हुनेछ ।

मुलुकभित्रै कच्चापदार्थ प्रयोग गरेर उत्पादन गर्नु जरुरी छ । यद्यपि यो सजिलो कार्य भने होइन । यस्तो वातावरण सिर्जना गर्न सबै पक्षबाट सहयोग हुनुपर्छ । आज ७ प्रतिशत रहेको कर्जाको बयाजदर भोलिको १२ प्रतिशत हुने अवस्थामा अन्योलता रहन्छ र उद्यमीले लगानी गर्दैनन् । व्यवसायमा उद्यमीले ३० प्रतिशत लगानी गर्ने हो, बाँकी ७० प्रतिशत बैंकले कर्जा लगानी गर्छ । त्यहि ३० प्रतिशत स्वलगानी गर्ने समूह विश्वासका साथ अगाडि आउन सक्नुपर्छ । सरकारको सहयोग आवश्यक पर्ने त्यसैमा हो ।

उद्यमशीलता विकासमा बैंक

उद्यमशीलतामा बैंकको भूमिका राम्रै छ । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिंदै कृषि, लघु, साना तथा मझौला उद्यम (एमएसएमई), ऊर्जा लगायतमा प्रतिशत नै तोकेर लगानी गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले २०८० असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहको स्थापना तथा सञ्चालनमा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

साथै, २०८१ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (१ करोड रुपैयाँभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्न निर्देशन दिएको छ । अझ बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहको स्थापना तथा सञ्चालनमा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख छ । यसैअनुसार बैंकहले पनि लगानीको लक्ष्य राखेका छन् ।

राष्ट्र बैंकको निर्देशन अनुुसार नै बैंकहले कर्जा वृद्धि गर्दै आएका छन् । त्यसका लागि वित्तीय साक्षरतालाई प्राथमिकतामा राखिएको छ । मेगा बैंकले महिला उद्यमशीलतालाई अगाडि ल्याउनेदेखि सबै प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गर्ने जस्ता कार्य गरिरहेको छ । भोलिको दिनमा हामीले पनि बलिया उद्यमीह देख्न चाहेका छौं । आज, लघु उद्यममा आएकाह भोलि साना तथा मझौला उद्यमी बन्नेछन ।

हाम्रो चाहना पनि प्रत्येक पाइलामा उद्यमीह सफल हुँदै जाउन् भन्ने हो । हामी उनीहको विश्वास जित्दै सँगसँगै अघि बढ्न चाहन्छौं । बैंकमा आएका ऋणी ग्राहकको व्यवसाय वृद्धि नभए बैंकको प्रगति हुन सक्दैन । यसर्थ हरेक ग्राहक हाम्रा लागि महत्वपूर्ण हुन्छन् । उद्यमशीलता त झन् बैंकरका लागि महत्वपूर्ण पाटो हो । यसका लागि हामी वित्तीय साक्षरताको विकास र विस्तार गर्न चाहन्छौं । विभिन्न परियोजनामा लगानी गरेर उद्यमशीलता बढाउन हामी ईच्छुक छौं ।

मुलुकमा उद्यमशीलता विकास गर्नमा बैंक मात्रै होइन सबै पक्षको सहकार्य जरुरी छ । अहिलेको युवा पुस्तामा उद्यमशीलताप्रति आकर्षण देखिन्छ । बैंकहले पनि समग्र उद्यमशीलताको विकास गर्न लघु, साना तथा मझौला कर्जामा ध्यान केन्द्रित गर्दै आएका छन् ।

महिला उद्यमशीलता

हामीले उद्यमी बन्न तयार नभएका महिलाहलाई पनि सहुलियतपूर्ण कर्जा दिने भनेका छौं । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ माघसम्म सबै बैंकहबाट महिला उद्यमशीलता शिर्षकमा मात्रै ८५ अर्ब ९९ करोड ३५ लाख ९६ हजार रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा स्विकृत भएको छ । यो रकम ६ प्रतिशत ब्याज अनुदानमा महिला उद्यमशीलताका लागि प्रवाह भएको हो ।

यससँगै सहुलियतपूर्ण कर्जा विभिन्न शीर्षकमा दिईएको छ र धेरैले सहुलियतपूर्ण कर्जा उपभोग गर्न पाइरहेका छन् । यस्तो कर्जा धितोमा मात्रै होईन, विना धितो नै गइरहेको छ । यो सुरक्षित पनि छ । महिला उद्यमशीलताका निम्ति दिएको सहुलीयतपूर्ण कर्जालाई प्रोत्साहन गरेर हरेक शाखाबाट १० ओटासम्म गएको छ ।

यति मात्रै गरेर उद्यमशीलतामा ठूलो परिवर्तन आउन सक्दैन । किनभने यो १५ लाख रुपैयाँसम्मको सानो नगद कर्जा हो । भोलिको दिनमा योभन्दा माथि जान धितो अनिवार्य हुन्छ । यसका साथै वित्तीय प्रतिवेदन पारदर्शी राख्नु पर्ने चुनौती पनि उत्तिकै छ ।

हाल प्रोजेक्ट फाईनान्सिङ भनेर धेरै जसो बैंकले जलविद्युतमा लगानी गरिरहेका छन । ठूला सिमेन्ट उद्योग, स्टिल उद्योग लगायतमा अर्बौं रुपैयाँको लगानी गएको छ । तर साना तथा मझौला उद्यमशीलता कर्जामा भने अझै पनि प्रोजेक्ट फाईनान्सिङ गर्ने अवस्था आईसकेको छैन । यी क्षेत्रको हिसाबकिताब तथा लेखा प्रणालीगत छैन । कारोबारको लेखापरीक्षण गर्ने लेखापरीक्षक पनि नराखेको स्थिति छ ।

यो सबै आवश्यकता पुरा गरी भविष्यमा बैंकहले उद्यमशीलतामा विना धितो प्रोजेक्टमा आधारित कर्जा दिन सक्ने अवस्था आयो भने धेरै परिवर्तन आउला । अहिले त यस्तो ऋणमा धितो राखेपछि मात्रै बैंक ढुक्क हुनुपर्ने अवस्था छ । बैंक नै नगई, राम्रो परियोजनाको प्रस्ताव नै नराखी सहुलियतपूर्ण कर्जा पाइएन भन्न सुहाउँदैन । राम्रो प्रोजेक्ट बनाएर कसरी कमाएर प्रतिफल लिने, खर्च र बचत गर्ने र पुनः लगानीे गर्ने जस्ता योजना हुनुपर्छ । योजना र लक्ष्य लिएर बैंक आउनेले कर्जा नपाउने भन्ने कमै हुन्छ ।

अहिले अधिकांश एसएमई उद्यम कारोबारको ब्यालेन्स सीटको भरमा स्रोत एवम् नगद प्रवाह हेरेर कर्जा दिनसक्ने अवस्था धेरै कम देखिन्छ । विस्तारै यस्ता उद्यम मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएपछि र वास्तविक नाफा देखिन थालेपछि सो संस्थाको व्यावसायिक क्षमताको आधारमा बैंकले लगानी गर्छ ।

ब्यालेन्स सिटमा आधारित कर्जा

उद्यमशीलता विकासका निम्ति धितोमा आधारित कर्जाबाट ब्यालेन्स सिटमा आधारित कर्जामा जानसक्ने वातावरण सृजना गर्नुपर्छ । यद्यपि त्यस दिशामा विस्तारै काम भने हुँदैछ । यो कुरालाई बैंकहले ध्यान दिन थालेका छन् । राष्ट्र बैंकले पनि एसएमई कर्जामा जोड दिईरहेको छ । यस्ता संस्थाको वित्तीय प्रतिवेदन पारदर्शी भएमा यसको आधारमा बैंकहले पनि निर्धक्क भएर कर्जा दिन सक्छन । यसो भएमा नेपालमा उद्यमशीलता विकास धेरै राम्रो हुनेछ ।

यतिबेला बैंकह तरलता अभावबाट गुज्रिरहेका छन् । बैंकसँग लगानीयोग्य पूँजी नहुँदा व्यवसायको विस्तार खुम्चिएको छ । स्रोत नै नभई व्यापार बढाउँछु भनेर सपना देख्नु व्यर्थ हो । यसर्थ सुरुमा अहिलेको तरलता अभावको चुनौतीबाट पार पाउनु पर्ने देखिन्छ । भावि दिनमा उद्यमशीलता प्रवद्र्धनमा बैंकले लगानी मात्रै गर्ने हो ।

यसका लागि तयार भएर ग्राहकह बैंकसम्म आईदिनु गर्यो । यदि साच्चै उद्यमी बनाउने हो भने विद्यालय तहदेखी नै यसबारे अध्ययन गराईनुपर्छ । अहिलेको पाठ्यक्रममा उद्यमशीलतालाई प्राथमिकता दिन जरुरी छ । यसले उद्यमी बन्न उत्प्रेरणा दिन्छ । युवा पुस्तामा उद्यमी बन्छु भन्ने सोचको विकास हुनुपर्छ । उद्यमी बन्न तयार नभएकालाई बैंकले जबरजस्ती गर्ने कुरो हुँदैन ।

(चेम्बर अफ कमर्श स्मारिकाबाट साभार)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स